काभ्रे । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका ८७ जनाको सकुशल उद्धार गरेको जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट अहिलेसम्म ८७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए ।

शनिबार नै हेलिकप्टर आएपनी उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ ।

रोशीको बाढीले बिपी राजमार्ग बगाएपछि २ दिनदेखि करिब २ देखी ३ हजार अलपत्र थिए । सेनाको हेलिकप्टरले अत्यावश्यक तयारी खानेकुरा तथा पानी उपलब्ध गराएको छ ।

अहिले सम्म बाढीपहिरो र डुबानबाट हालसम्म १९ जनाको मृत्यु, १९ जना बेपत्ता र १ सय ५० जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….