बनेपा- एमाले काभ्रेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गरेको छ । केही दिन अगाडि नै नेकपा एमाले काभ्रेले प्रेस विज्ञप्ति जारी गरेर काभ्रेका सबै पालिका कमिटीलाई उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन नेकपा एमाले काभ्रेले पार्टी पंक्तिलाई परिचालित गरेको हो ।

नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विज्ञप्ती मार्फत विपत्तिको यो अवस्थामा नेकपा एमालेका सम्पूर्ण मातहत कमिटीहरु, जनप्रतिनिधिहरु र जनसंगठनहरूलाई उद्धार, राहत र पुर्नस्थापना कार्यमा उच्च मानवीय भावना प्रदर्शन गर्दै तत्परताका साथ परिचालित हुन आ‌ह्वान गरिएको हो।

विपदको सम्भावित जोखिमप्रति सतर्क रहन र आवतजावतमा विशेष सावधानी अपनाउन समेत एमाले काभ्रेले आग्रह गरेको छ। सोही अनुसार काभ्रेका सबै पालिका कमिटीका पदाधिकारी, जनवर्गीय संगठन, वडा कमिटीका पदाधिकारी लगायत नेकपा एमालेका सबै व्यक्तिहरु अहिले उद्धार, राहत र पुर्नस्थापनामामा लागेको देख्न सकिन्छ । राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी, अनेरास्ववियु काभ्रे जिल्ला कमिटी यति बेला बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा, स्वास्थ्य शिविर, राहत वितरण कार्य देख्न सकिन्छ ।

उता नेकपा एमालेको प्रभावशाली युवा नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटा लेख्नु हुन्छ : एक थुकी सुकी,सय थुकी नदी पुर्खाले भनेको।तसर्थ काभ्रे अन्यत्र भन्दा बढी पीडामा छ।स्वदेशविदेश सबैतिरका मित्रहरुलाई यो त्यो नभनि वास्तवीक पीडीतलाई जिल्ला प्रशासनसंग सम्पर्क गरी सहयोग गर्न अनुरोध छ।एमाले काभ्रे पनि डाटा बेशमा सहयोगीको साथमा मल्हमपटी लगाउन पीडीतहरुको घरदैलोमा आउनेछ।

हेर्नुस् पालिका कमिटीले निकालेको विज्ञप्तिहरु ……..

प्रेस विज्ञप्ती
असोज ११ गतेदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाको सिङ्गो पनौती नगरपालिकाले ईतिहासकै ठूलो विपत्तिको सामना गरिरहेको छ । पहिरोमा परेर १८ जना नागरिकले ज्यान गुमाउनु भएको छ भने दर्जनौंको संख्यामा नागरिकहरु घाईते हुनुभएको छ । कम्तिमा एक हजार घर प्रभावित भएका छन् ।
ठूलो परिणाममा व्यक्तीगत तथा सार्वजनिक सम्पत्तिको क्षति भएको छ । बस्ती नै बगरमा परिणत भएको छ । यो त्रासदीपुर्ण विपद्ले सिङ्गो पनौती नगरपालिकाले ठूलो आर्थिक तथा भौतिक क्षति व्यहोरोको छ ।
यो विपाद्मा परेर ज्यान गुमाउनुहुने नगरबासीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । पहिरो र बाढीमा परेर घाईते हुनुभएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । घाईतेको निशुल्क गुणस्तरीय उपचारमा कुनै पनि कसर बाँकी नराख्न सरकारसँग माग राख्दछौ ।
पहिरो र बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापनामा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विशेष भुमिका निर्वाह गर्न अनुरोध गर्दछौ । काभ्रेपलाञ्चोक जिल्लामै धेरै क्षति पारेको पनौतीमा अझैपनि उद्धारको आवश्यकता भएकाले सो कार्यलाई अघि बढाउन जोडदार माग गर्दछौ ।
पहिरो र बाढीमा परेर वेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई तिव्रता दिन सम्बन्धित निकायसँग माग राख्दछौ । पनौती नगरपालिकाका विभिन्न वडामा पहिरोमा परेका ढुवानीका साधनमा यातायात मजदुर फसेको हुन सक्ने भएकाले तत्कालै खोजीको आव्हान गर्दछौ । पहिरोमा परेर पशु मरेकाले मरेका पशुको उचित व्यवस्थापन गर्न अनुरोध गर्दछौ ।
पनौती नगरपालिकाभित्रका सबै वडामा भएको क्षतिको विवरण संकलन तथा असाँध्यै प्रभावित बनेको वडाहरुका नागरिकको उद्धार, बासस्थान नै गुमेका नागरिकको उद्धारपछि बासस्थान र खानपानको व्यवस्थापनको जोडदार माग गर्दछौ । पनौती नगरपालिकाको प्रारम्भिक आँकडा अनुसार कम्तिमा एक हजार परिवार विस्थापित बनेकाले ती परिवारका लागि पनौती नगरपालिकाले राहतको प्याकेज घोषणा गर्न अनुरोध गर्दछौ ।
बाढी र पहिरोपछि सडक,बिजुलीको समस्या परेको पनौतीमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको स्रोत बगाएको छ । नागरिकलाई स्वस्थ्य खानेपानीको व्यवस्थापन मिलाउन अनुरोध गर्दछौ ।
विपद् लगत्तै पनौतीका १२ वटा नै वडामा एमालेका नेता कार्यकर्ता परिचालन भएको र जनवर्गिय संगठनले उद्धार, राहत तथा स्वास्थ्यउपचारमा सहयोग गरिरहेको अवगत गराउन चाहन्छौ । यस्तो दुखदायी र पिडादायक अवस्थामा पनौती नगरपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नागरिकलाई उद्धार, राहत तथा पुनस्थापनामा जुट्न सुरक्षा निकाय, सरकारी पक्ष तथा गैरसरकारी क्षेत्रलाई अनुरोध गर्दछौ ।
विपद्को यो बिषम परिस्थितीमा हाम्रो पार्टी, जनप्रतिनिधि, जनवर्गिय संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई उद्धार,राहत, पुनस्थापना,घाईतको उपचारमा जुट्न अनुरोध गर्दछौ ।
सुरेशप्रसाद हुँमागाई
अध्यक्ष

 

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….