काभ्रे :- लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालले आज काभ्रेको नमोबुद्द नगरपालिका ६ र चौरिदेउराली गाउपालिका ८ मा खानेपानीको पाइप राहत स्वरुप वितरण गरेको छ ।

प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर पार्बाती खरेल पाण्डेको उपस्थितिमा उक्त पाइप नमोबुद्द नगरपालिकाका जनप्रतिनिधि र चौरीदेउराली गाउपालिकाका जनप्रतिनिधि समक्ष खानेपानीको पाइप सहयोग गरिएको थियो  केहि दिन अगाडी आएको अविरल बर्षाका कारण उक्त स्थानहरुमा खानेपानीको पाइप बाढीपहिरोमा परि  बगाएपछी करिब १५० घरधुरिले खानेपानी खानबाट बन्चित हुदै भएका थिए । लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालले बिगत देखि नै बिपदमा परेकालाइ खाद्य सामग्री लगायत यस्तै राहत सामग्री प्रदान गर्दै आएको छ। नमोबुद्ध नगरपालिकाका मेयर कुनसाङ लामाले आफूहरू लायन्सले गरेको सहयोगले खुसी भएको बताएका छन ।

कार्यक्रममा यस अभियानका सम्योजक जनार्दन फुयाल,लायन लिडरहरु पवन कुमार थापा,प्रल्हाद शर्मा हुमागाइ,राम प्रसाद ढकाल,भेषराज शाह तथा अन्य लायन लिडरहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….