बनेपा / असोज १० गतेदेखिको अविरल वर्षापछिको बाढि  पहिरो बाट  क्षति पुगेका  परिवारलाई केहि राहत मिलोस भन्ने उदेश्यका साथ नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले  पनौति नगरपालिका  ,बेथाञ्चोक र रोशि गाँउपालिकालाई नगद राहत उपलव्ध गराएको छ ।

स्थानीय जनप्रतिनिधि,  पनौति नगरपालिका प्रमुख ,बेथाञ्चोक  गाँउपालिका प्रमुख ,रोशि गाउँपालिका प्रमुख तथा  नेपाली काङ्ग्रेस पनौति , रोशि , बेथाञ्चोक नगर कार्यसमिति सभापतिहरू र नेपाली काङ्ग्रेस  जिल्लाका नेताहरुको रोहवरमा नेपाली कांग्रेस बनेपा नगरका सभापति महेश कुमार कर्माचार्यले ३वटै पालिकाहरू लाई नगद रू ५० हजारका दरले रकम हस्तान्तरण गरेका छन ।

नेपाली काङ्ग्रेस बनेपा टिमले प्रो नेपाल ईटालि र सोसाइटी for Each other संस्था संग समन्वय गरेर ३ वटै पालिकालाई खाधान्य , खानेपानी पाईप , सोलार ,र जस्तापाता समेत हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….