नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको समन्वयमा खानेपानी पाइप बितरण कार्यक्रम सम्पन्न एको छ। उपशाखा सभापति मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपशाखालाइ बिभिन्न सामाजिक संघ सस्था र ब्यबसायिक फम हरु बाट प्राप्त ६४ रोल (क्वाइल )पाइप मिति २०८१ कात्तिक २ गते बितरण गरिएको हो।असोज महिनाको अबिरल बर्षाका कारण भएका क्षतिको लगत संकलन , बर्गिकरण गरि वडा कार्यालयलाई हस्तान्तरण यस अघिनै गरिसकिएको छ सोहि लगत संकलनका आधारमा खानेपानी का पाईप हरु क्षति भइ खानेपानीको असहजता लाई पूर्तिका निम्ति यस किसिमको कार्यक्रम सञ्चालन गरियको सभापति मुकुन्द शर्माले बताउनुभयो। उक्त कार्यक्रमका लागी रोटरी इन्टरनेशनल बाट २४ क्वाइल,झम्क कुमारि स्मृति प्रतिष्ठान चाँगुनारायण नगरपालिका ५ भक्तपुर बाट २०क्वाइल ,कौशल छापाखाना बनेपा-७बाट ५ क्वाइल नमस्ते गुरु्प यन्ड यसोसियट बनेपा-७बाट ५क्वाइल,सृजनशिल दुध उत्पादन तथा बिक्री केन्द्र बनेपा -१२ बासडोल बाट ५ क्वाइल र स्व सितामायाँ वाग्लेको स्मृतिमा छोरा वकिलनाथ शर्मा वाग्ले बनेपा-१२ बासडोल बाट ५ क्वाइल गरि ६४ रोल क्वाइल पाइप बितरण गरिएको जानकारी सचिव उपदेश भुजेलले जनका दिनुभयो। सहयोगी संस्थाहरु बाट झम्क कुमारि स्मृति प्रतिष्ठानका अध्यक्ष राजाराम खड्काले यस पुन्य कार्यमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रममा जोडिनु हुने सम्पूर्ण संघ-संस्थाहरु लाइ हार्दिक आभार व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटी महेन्द्र ज्योति उपशाखालाई धन्यवाद दिदै यस्तै बिपदको घडीमा हातेमालो गरेर अघि बढ्न आफु सधैं तत्पर रहने प्रतिबद्द्ता ब्यक्त गर्नुएभएको थियो। सामुहिक रुपमा मात्र पानी उपभोग गरिरहेका बासिन्दा लाई क्षतिको अनुपात हेरि एक देखि चार क्वाईल सम्म पाईप बितरण गर्दा उक्त कार्यक्रम बाट २३० घर-धुरि ले खानेपानीको लागि केहि सहजता महसुस गर्नेछ्न ।