सन्तोष बजगाई
काभ्रेपलान्चोक/श्रीकृष्ण प्रणामी समाजले बेथानचोकका बाढीपहिरो पीडितका लागि ३ लाखको नगद सहयोग गरेको छ । विगत असोज १०–१२ सम्म परेको अविरल वर्षाको कारणले गएको बाढी पहिरोको कारणले पुर्याएको क्षतिलाई मलाम पट्टि लगाउने उदेश्यले श्रीकृष्ण प्रणामी समाजको केन्द्रिय बिपत्ति कोषबाट सहयोग रकम उपलब्ध गराइएको हो ।
श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल केन्द्रिय अध्यक्ष श्यामकृष्ण शर्मा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपमहासचिव कृष्णमुरारी फुयाल श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिती नेपालका केन्द्रिय अध्यक्ष मिरा सन्जेल संयुक्त रुपमा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, बेथानचोक वडा नम्बर २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकाल श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपाल जिल्ला कार्यसमिति काठमाडौ भक्तपुर ललितपुर नुवाकोट र काभ्रे लगायत विभिन्न संघसस्थाका लब्द प्रतिष्ठित ब्यक्तिहरुको बाक्लो उपस्थित थियो।