नीजि क्षेत्रबाट निर्माण सम्पन्न भई संचालनमा रहेको सोलुखोला (दुधकोशी) ८६ मेगावाट हाल सम्मकै सबैभन्दा ठूलो तथा देशकै तेस्रो ठूलो जलविद्युतको साहस उर्जा लिमिटेडले कार्तिक ४ गते काठमाडौंमा चार आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को साधारण सभा सम्पन्न गरेको छ ।
नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन जलस्रोत नै प्रमुख स्रोत ठानी जलस्रोतको सदुपयोग गरी समृद्धिको सपना सहित साहस उर्जा प्रा.लि. नामक कम्पनी मिति २०७०/१०/१९ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई मिति २०७१।५।२९ मा पब्लिक कम्पनीमा परिणत भएको हो । यो कम्पनीले २०७९।११।१७ देखि सफलतापूर्वक व्यवसायिक उत्पादन शुरु गरी उर्जा क्षेत्रमा बे्रक थु् गरेको छ ।
कम्पनीको साधारण सभा कार्तिक ८ गते काठमाडौं ववरमहल स्थित कार्की बैङ्क्वेटमा कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. डिल्लीराज खनाल हुनुहुन्थ्यो भने विशेष अतिथिमा सल्लाहकार रामेश्वर खनाल रहेका थिए । कार्यक्रममा प्रबन्ध सञ्चालक सुनिल थापा, सञ्चालकहरु मुक्तिनाथ पाण्डे, मीन राज कँडेल, महेन्द्र कुमार गिरी, परितोष पौडेल लगायत विभिन्न व्यक्तिहरुको सहभागी रहेको थियो । कम्पनीका अध्यक्ष हिम राज पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले ८ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरको विषय समेत पारित गरेको छ । साधारण सभालाई प्रमुख अतिथि कम्पनीका सल्लाहकार डा. डिल्लीराम खनाल र विशिष्ठ अतिथि सल्लाहकार रामेश्वर खनालले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि खनालले कम्पनीले उर्जा क्षेत्रमा बे्रक थु् गरेको बताए । अर्का विशिष्ट अतिथि रामेश्वर खनालले आर्थिक वृद्धिदर र निर्यात वृद्धिमा कम्पनीले उल्लेखनिय याेयदान पुर्याउने गरेको बताए।
साधारण सभामा विभिन्न शेयरधनी महानुभावहरुले समेत बोलेका थिए । कतिपय शेयरधनीहरुले लिखित सुझाव समेत पेश गरेका थिए । कम्पनीका शेयरधनी शत्रुघन श्रेष्ठले कम्पनीले वितरण गर्ने भनेको ८ प्रतिशत बोनस शेयरको विरोध गरेका थिए । कम्पनी मोटाउँदै जाने र शेयरधनी दुब्लाउँदै जाने अवस्था आएको बताए । यसलार्य सच्याउन उनले अनुरोध गरेका थिए ।