काभ्रे – ज्योति मिर्मिरे सामुहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभाको अन्तिम दिन संयुक्त सभा पनौती स्थित मुख्य कार्यालयमा आयोजना गरिएको छ ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य एवं नेफ्सकुनका पुर्व अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थामा उत्कृष्ट कारोवार गर्नेहरुलाई सम्मान गरिएको थियो ।

२० हजार ५१ सदस्य रहेको उक्त संस्थामा १८ हजार ३ सय २६ सदस्य, ९ हजार १ सय ९९ पुरुष, ९ हजार १ सय ३ महिला, ३५ संस्थागत, १ हजार ७ सय २५ जना बाल सदस्य छन् । १२ करोड ३१ लाख ८ हजार ७ सय रुपैया शेयर रकम, ९५ करोड १० लाख ६० हजार १ सय ७८ बचत, ९२ करोड ६२ लाख ६१ हजार १ सय ४१ रुपैया ऋण लगानी भएको छ । शेयर वचत बचत लगानी रकम १३ करोड ९० लाख २३ हजार ६ सय ४६ रुपैया रहेको छ । जमिन तथा फर्निचर ४ करोड ८२ लाख ५१ हजार ८ सय २२ रुपैयाको रहेको छ ।

कार्यक्रममा उपाध्यक्ष कान्छिमैया थापा, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधरले संस्थाको आर्थिक, बार्षिक प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक भिमसेन केसीले लेखा प्रतिवेदन प्रस्तुत गरेको सभामा संस्थाका सल्लाहकारहरु, संचालकहरु, उप समितिका पदाधिकारीहरु र कर्मचारीहरु मार्फत शेयर सदस्यहरुका लागि गरिएका विभिन्न सामाजिक उत्तरदायित्वका कृयाकलापका बारेमा जानकारी गरार्ईएको थियो ।

सभामा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले शेयर सदस्यलाई विभिन्न क्षेत्रको सुविधा उपलब्ध गराउँदै गर्भ देखि दाहसंस्कारसम्मका सुविधामा सहजिकरण गरिएको बताए ।

कार्यक्रममा बागमती प्रोस्कुनका बरिष्ठ उपाध्यक्ष दिवसराज खड्का, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उदयराम कायस्थ, वडा अध्यक्ष भिमसेन आचार्य, सल्लाहकारहरु, शुभचिन्तकहरुले शुभकामना दिएका थिए ।

ज्योति मिर्मिरे सामुहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी शनिबार आयोजित निर्वाचन तालिका तय गरेको छ । अधिकांश पदहरुमा निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ । संस्था २५ वर्ष पुगेको अवसरमा २५ वटा नै कार्यक्रम गर्ने गरी स्थापना दिवसमा घोषणा गरिएको छ । – मदानी बिट

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….