पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण मसिंर १५ गते शनिबार हुँदैछ । सोहि सभाबाट निर्वाचित हुने गरी निर्वाचन समितिले नयाँ संचालक समितिका लागि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सार्वजनिक गरेको थियो । अध्यक्ष लगायत १२ पदमा निर्विरोध भएको छ । खुल्ला संचालक सदस्य ८ का लागि २४ जनाको उम्मेदवारी परेको छ । अरु पद सर्वसम्वत भएका छन् ।
संचालक र लेखा समिति २२ जनाका लागि ४० जनाको उम्मेदवारी दर्ता भएको थियो । १९ सदस्यीय संचालक र ३ सदस्यीय लेखा समिति हुनेछ । कारोवार र सदस्यका हिसाबले जिल्लाको ठुलो सहकारीका रुपमा सामुदायिक रहेको छ । यस अघि प्रकाश बञ्जाराले संस्थाको नेतृत्व गरेका थिए । लगातार दुई कार्यकाल उनि सर्वसम्वत अध्यक्ष भई संस्थागत विकास, शुसासन र पारदर्शिताका लागि उनी सफल भए ।
निर्वाचन तालिका अनुसार मसिंर ११ गते उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको छ । उम्मेदवारी दर्ता अनुसार अध्यक्ष पदमा मुकुन्द शर्माको मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार उनि निर्विरोध भएका छन् । बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा भवानी थापा र देवलक्ष्मी स्याउलाले उम्मेदवारी दर्ता गरेको भए पनि स्याउलाको उम्मेदवारी निर्वाचन ऐन विपरित भएकाले खारेज भएको छ । भवानी थापा निर्विरोध भएकी छिन् । सचिव पदमा सरोज कुमार तिमल्सिना निर्विरोध भएका छन् । कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् । संचालक सदस्यहरुको खुल्ला ८ पदका लागि २४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा राजकुमार तिमल्सिना, विकास पन्त, रविन्द्रनाथ वाग्ले, श्याम सापकोटा, रामकृष्ण घिमिरे, मदन खकुरेल, रामप्रसाद तिमल्सिना, विमला पौडेल, रामेश्वर शर्मा वाग्ले, भैरवप्रसाद सेढाई, कौशलराज खड्का, मुकुन्दप्रसाद अर्याल, बाबुराम कोईराला र मुक्तिनाथ तौजले रहेका छन् ।
महिला सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुनेहरुमा संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की छन् । संचालक सदस्य दलित तथा जनजातीमा सुम्मिता नेपाली निर्विरोध भएकी छिन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ निर्विरोध भएका छन् । सदस्य पदमा भिमप्रसाद बञ्जारा निर्विरोध भएका छन् । महिला सदस्यमा उम्मेदवार कायम हुन सकेन । उक्त पद पछि संचालक समितिले मनोनित गर्नेछ । अनु मुयास्जुको उम्मेदवारी प्रस्तावकको बचत नियमित नभएकाले खारेज भएको थियो ।
कायम रहेका उम्मेदवार विरुद्ध बुधबार १० देखि १ बजेसम्म १ हजार रुपैया तिरी प्रमाण सहित उजुरी गर्न सकिनेछ । उम्मेदवारी फिर्ताको समय पनि कायम छ । सकेसम्म निर्वाचन नगराउने गरी सहमतिको प्रयत्न जारी राखिएको बताईएको छ ।