आर्शु प्रतिस्ठान नेपालको सहयोगमा भुम्लु गाउँपालिका–१० की गुड्डु तामाङले नयाँ जीवन प्राप्त गरेकी छन् । उनको गर्धनको हड्डी भाँचिएपछि आर्थिक अभावमा उपचार हुन सकेको थिएन ।

भुम्लु गाउँपालिका वडा नम्बर १० को सिफारिसमा तामाङको उपचारका लागि प्रतिस्ठानले सहयोगी हातहरु अघि बढाएको थियो । प्रतिस्ठानले धुलिखेल अस्पतालसँगको सम्झौता अनुसार तामाङको निःशुल्क उपचारको व्यवस्था मिलाउन अनुरोध गरेको थियो । प्रतिष्ठानकै अनुरोधमा तामाङको निःशुल्क उपचार भएको थियो ।

५ महिनाको अस्पताल बसाइपछि उनी घर फर्किएकी छन् । प्रतिष्ठाले उपचारमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरेको छ । प्रतिस्ठानका हरेराम काफ्ले (रुपेश) ले एक छोरि गुमेको पिडामा हजारौ छोरि बचाउ अभियान थालिएको भन्दै सबैको साथ सहयोगको सधै अपेक्षा रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….