मंसिर, २३
नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलाञ्चोकद्वारा आयोजित ३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को छैटौं दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्।

आजको प्रमुख खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रेड) ले आफ्नो अर्को टिम नेपाल पुलिस स्कुल दाङलाई ५-२ को अन्तरले पराजित गर्योन। खेलको तेस्रो मिनेटमा जीवन बुढाथोकीले दाङका लागि गोल गर्दै अग्रता दिलाए। तर, ३१औं मिनेटमा नसिब हेन्जनले पेनाल्टी मार्फत साँगाका लागि बराबरी गोल गरे।

खेलको प्रतिस्पर्धात्मक मोडमा दाङले पुनः गोल थप्दै अग्रता लिए पनि ३९औं मिनेटमा साँगाका कमल कटुवालले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा घरेलु दर्शकको समर्थनमा साँगाले उच्च प्रदर्शन गर्दै ५६औं, ६४औं र ७२औं मिनेटमा लगातार गोल गरी खेल आफ्नो पक्षमा मोड्यो।

साँगा (रेड) का कृशान्तराज गिरी उत्कृष्ट प्रदर्शनसहित दुई गोल गर्दै “म्यान अफ द म्याच” घोषित भए। निश्चल मगरले पनि एक गोल गर्दै टिमलाई महत्वपूर्ण योगदान दिए। यस जितसँगै साँगा (रेड) समूह विजेताको रूपमा क्वार्टर फाइनलमा प्रवेश गरेको छ, भने दाङले दुई जित र एक हारको आधारमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्यो्।
आजको अर्को खेलमा नेपाल एपीएफ स्कुलले नेपाल पुलिस स्कुल शान्तिपुरलाई ७-० को भारी अन्तरले पराजित गर्योी। म्यान अफ द म्याच घोषित भएका अविन बस्यालले एक्लैले चार गोल गरे, जबकि राजेश देवकोटा, बिकास बोहोरा, र प्रिन्स मोक्तानले समान एक-एक गोल थपे।

तेस्रो खेलमा केयूएचएस (KUHS) ले ग्रेसल्यान्ड स्कुललाई ३-१ को अन्तरले हराउँदै सान्त्वना जित हात पार्योस। प्रतियोगिताबाट दुवै टिम बाहिरिइसकेको अवस्थामा प्रतिष्ठाका लागि खेलिएको यो खेलमा केयूएचएसका आर्यन लामा “म्यान अफ द म्याच” घोषित भए।

लिग-कम-नकआउट आधारमा सञ्चालन भइरहेको यो प्रतियोगिता पौषको पहिलो सातासम्म जारी रहनेछ। विजेता टिमले नगद रु. ६०,०००, दोस्रो स्थान प्राप्त टिमले रु. ४०,०००, र तेस्रो स्थान प्राप्त टिमले रु. २०,००० जित्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कारसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….