राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेले खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेको छ । यहि पौष १५ र १६ गते बनेपा–११ स्थित एबिएम स्कुलको फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुने युवा संघ काभ्रेका अध्यक्ष इश्वर बल्लभ सापकोटाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले पौष १२ गतेसम्ममा टिम दर्ता गराउनुपर्नेछ । प्रतियोगितामा सहभागी टिमका लागि ३ हजार प्रवेश शुल्क तोकिएको छ ।
विजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसअघि गत वर्ष पनि युवा संघ काभ्रेले फुटसल प्रतियोगिता आयोजना गरेको थियो । गत वर्ष प्रतियोगितामा ४७ टिम सहभागी थिए ।
प्रतियोगिताले जिल्लास्तरमा खेलको प्रवद्र्धनका साथै स्थानीय प्रतिभा प्रवद्र्धन गर्ने अध्यक्ष सापकोटाको विश्वास छ ।
युवको संकल्प समृद्धिको यात्रा भन्ने मुल नाराका साथ युवा संघ काभ्रेले रचनात्मक र सिर्जनात्मक गतिविधिहरु अघि बढाइरहेको छ । युवा संघले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका १२ उत्कृष्ट युवालाई सम्मान गरेको थियो ।