बैठकमा नेकपा एमाले प्रदेश कमिटिको सदस्य रिता ढकालको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा नेकपा एमाले काभ्रेका सचिव राजकुमार सापकोटा, एमालेका नेताहरु विदुर सापकोटा, अम्बिका हमाल ठकुरी, निर्मला शाही,रुद्र तामाङ, कुमार भट्टराई, शम्भुप्रसाद पौडेल, आरके बस्ताकोटी,प्रकाश रोक्का, सालिकराम पराजुली, नवराज ढकाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति चयन गरेको छ । अध्यक्ष शेरबहादुर डोटेलको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन, सचिव तुलसी नेपालको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उपसमिति, सुमन नेपालको संयोजकत्वमा प्रचारपसार उपसमिति तथा राममणि सापकोटाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति चयन भएको छ ।
नेकपा एमाले मण्डनदेउपुर नगरकमिटीका अध्यक्ष शेरबहादुर डोटेलका अनुसार पौष ६ गते एकै पटक १२ नै वडाबाट प्रतिनिधि छनौट हुनेछन् । करिब दुई हजार संगठित सदस्य रहेको मण्डनदेउपुरमा महिला, युवा र दलित समुदायको प्रनिनिधि सुनिश्चित गरिएको छ । जसको लागि १० बराबर एक जना, २० प्रतिशत युवा, कम्तिमा एक तिहाई महिला प्रतिनिधि र ५ जना बराबर एक जना दलित प्रतिनिधिको अनिवार्य सहभागिता रहनेछ । कम्तिमा तीन सय प्रतिनिधि सहभागी भएर नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको छ ।