नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ देखी संचालन भईरहेको ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को सेमिफाईनलमा नेपाल पुलिस स्कुलका तिन टिम आयोजक नेपाल पुलिस स्कुल साँगाको टिम ‘एनपिएस रेड’ , नेपाल पुलिस स्कुल दाङ, धरान सहित नेपाल एपिएफ स्कुल किर्तिपुरले सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
शुक्रबार खेलिएको क्वाटर फाईनलको पहिलो खेलमा गत बर्षको विजेता सैनिक महाविद्यालयलाई यो बर्षको नवप्रवेशी नेपाल पुलिस स्कुल दाङले ६-१ गोल अन्तरले हरायो । उत्कृष्ट खेल परदर्शन गरेको दाङका लागी म्यान अफ दि म्याच जिवन बुढाथोकीले ह्याट्रिक पुरा गरे । नविन ओली, देव ओली र सिव टमाटाले समान १-१ गोल गरे । सैनिकका लागी सानत्वना १ गोल दाङको तर्फबाट आत्मघाती गोलको रुपमा पाएको थियो ।
शुक्रबारको अर्को खेलमा आयोजकको टिम ‘एनपिएस रेड’ ले डिएभी स्कुललाई २-० गोल अन्तरले हराई सेमिफाईनलमा स्थान पक्का गर्यो । विजयी टिमका मेस्सी बिक्रम शाह म्यान अफ दि म्याच चुनिए ।
शनिबार खेलिएको क्वाटर फाईनलको तेस्रो खेलमा एपिएफ स्कुलले बिकटेश्वर स्कुललाई १०-० को विशाल गोल अन्तरले हरायो । एकतर्फी खेलमा ३ गोलको योगदान गरेका बिकाश बोहोरा म्यान अफ दि म्याच चुनिए ।
क्वाटर फाईनलको चौथो खेलमा गत बर्षको उपविजेता ल्याबरोटरी स्कुललाई नेपाल पुलिस स्कुल धरानले २-१ गोल अन्तरले पाखा लगायो । धरानका लागी दुवै गोल म्यान अफ दि म्याच समिर राईले गरेका थिए ।
विद्यालय स्तरको पुरानो र सबैभन्दा धेरै धनराशीको पुरस्कार भएको प्रतियोगीताको सेमिफाईनल खेलहरु आउने मंगलबार खेलिने छ । जसमा नेपाल पुलिस स्कुल साँगा रेडले दाङको र धरानले एपिएफ स्कुलको सामना गर्नेछ । प्रतियोगिताको फाईनल खेल प्रहरी महानिरीक्षकको उपस्थितीमा पुष ५ गते हुनेछ । प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ६०,०००, रु. ४०,००० र रु. २०,००० जित्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….