काभ्रेपलान्चोक – युवा संघ नेपाल काभ्रेले फुटसल प्रतियोगिता आयोजना गर्दैछ । फुटसल प्रतियोगिताको प्रचार गर्ने हेतूले सोमबार नेकपा एमाले काभ्रेपलाञ्चोक र युवा संघ नेपालबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा काभ्रेका ईन्चार्ज गोकुल बाँस्कोटाको नेतृत्व र युवा संघको नेतृत्व जिल्ला अध्यक्ष ईश्वर सापकोटाले गर्नुभएको थियो । प्रतियोगितमा युवा संघले १०–९ ले विजयी भएको छ ।

सुरुवाती गोल बाँस्कोटाले गरेपनि त्यसलाई जोगाउन नसक्दा एक गोलको अन्तरले पराजित हुन पुग्यो । एमालेका जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उपसचिव रत्नकुश रंजित, नेता कुमार तिमल्सिना सहभागी हुनुहुन्थ्यो ।
संघका अध्यक्ष ईश्वरवल्लभ सापकोटाका अनुसार, २०८० सालमा आयोजित पहिलो संस्करणमा ४७ टिमको सहभागिता भएको उहाँले जानकारी दिनुभयो । जिल्लास्तरमा फुटसल खेलको प्रर्बद्धनका साथै स्थानीय प्रतिभा पहिचान गर्न मद्धत पुर्याउने विश्वास युवा संघले लिएको छ ।

टिमहरुले प्रतियोगितामा सहभागिता जनाउन पौष १२ गते सम्म टिम दर्ता गराउनु पर्ने उहाँले जानकारी दिनुभयो । अहिले धमाधम टिम दर्ता भइरहेको बताउनुभयो । प्रतियोगितामा सहभागी टिमहरुलाई तीन हजार प्रवेश शुल्क तोकिएको छ । विजेताले ५० हजारु नगद र ट्रफी पाउने र उपविजेताले २५ हजार नगद र शिल्ड पाउने आयोजले जनाएको छ ।
“युवाको संकल्प, समृद्धिको यात्रा“ भन्ने मूल नाराका साथ, युवा संघ काभ्रेले रचनात्मक र सिर्जनात्मक गतिविधिहरूलाई अघि बढाइरहेको छ। । यसअघि, संघले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका १२ उत्कृष्ट युवाहरूलाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….