बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक सहर बनेपामा सक्सेस् अब्रड् स्टडिको नयाँ व्यवस्थापन र अत्याधुनिक प्रविधि सहित शुभारम्भ गरिएको छ ।

विगत ७ वर्षदेखि बनेपा तीनदोबाटोबाट विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहजीकरण गर्दै आइरहेको सक्सेस्ले बनेपा चारदोबाटो खसीबजारबाट सेवा शुभारम्भ गरेको हो । सोमबार एक कार्यक्रमका बीचमा नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । अब उच्च शिक्षाको लागि कुनै पनि देश जानु पर्ने भएमा सक्सेस् अब्रड् स्टडीको एक मात्र विकल्प हुने सक्सेस् अब्रड स्टडी बनेपा शाखा प्रमुख सर्मिला तिमल्सिनाले उल्लेख गर्नुभयो । उँहाका अनुसार सक्सेस् स्टडिले जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । गुणस्तरीय, समयसापेक्ष र प्रविधियुक्त शिक्षण सिकाईका लागि नयाँ व्यवस्थापन सहित कक्षा सुरु गरिएको शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो । साथै विद्यार्थी जान चाहेको देशको भाषा, संस्कृति, अवसर र चुनौतीका बारेमा पुर्व जानकारीका लागि मास्टरक्लास समेत सुरु गर्दै आइरहेको छ ।

आज बृहत शैक्षिक मेलाको पनि आयोजना गरिएको छ । मेलामा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्न सकिनेछ भने सय जना विद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ । मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा प्रदान गरेको छ । जापानीज भाषा विशेषज्ञहरुसँग निःशुल्क भाषा सिक्ने अवसर समेत प्रदान गरिएको छ । जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । उक्त देशहरुमा जानका लागि निःशुल्क मास्टरक्लास समेत सञ्चालन गर्न लागिएको तिमल्सिनाले बताउनुभयो ।

सक्सेस् स्टडिको मुख्य कार्यालय काठमाडौंमा रहेको छ भने बनेपा, इटहरी र जापानमा शाखा कार्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….