काभ्रेपलान्चोक – महाभारत साना किसान सहकारी संस्था लि. महाभारत गाउपालिका ६ देबिटार, चौथो बार्षिक साधारण सभा गाउपालिकाको प्राङ्गणमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रमको महाभारतको बिकासको बादसाह,महाभारतको बिकासको लागि दिन र रात नछुट्टाई खटिनु हुने महाभारत गाउपालिका प्रमुख स्री कान्छालाल जिम्बाको प्रमुख आथिथ्यमा आजको कार्यक्रम सम्पन्न भएको हो। सहकारी अध्यक्ष हस्त बहादुर दर्लामी मगरको सभापतितब रहेको थियो भने बिशिष्ट अथिती महाभारत गाउपालिकाको उपाध्यक्ष सागर मोक्तान,अथिती गाउपालिकाका प्राशासनिक अधिकृत हरि सिंह बिस्ट,अथिती वडा न ८का वडा अध्यक्ष टङ्क आले मगर त्यसै गरि ६ का वडा अध्यक्ष रमेश लुङेली मगर त्यसै गरि ५ का वडा अध्यक्ष बिजय राना मगर त्यसै गरि ४का वडा अध्यक्ष विशाल मोक्तान,वडा न ३का वडा अध्यक्ष कार्साङ मोक्तान साथै महाभारत गाउपालिकाको आठै ओटा वडाका वडाअध्यक्ष समेत सहाभागी रहेको थियो।

कार्यक्रम को संचालक सहकारी सचिब गनेश एस्माली मगरले गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार खड्ग बहादुर पुन मगर(खगपु चन्चल) साथै स्थानिय कलाकार तथा शिक्षक धन बहादुर आले मगर, स्थानिय डान्सर एन्जल एस्माली मगर, तथा स्थानिय कलाकार भाइबहिनी हरुको प्रस्तुती रहेको थियो।

कार्यक्रममा प्रमुख अथितीले बोल्दै कृषि कारण महाभारत जनताको जीवन स्थर उन्नती मा शुधार भएको,साना किसान साहकारिमा आबद्ध हुँदै महभारत को किसानहरुले व्यावसायिक खेती समेत सुरु गरेको छ,अब केही दिनमै जस्ले रोप्छ कफिको बोट उस्ले पाउछ 20को नोट भन्ने अभियान समेत संचालन गर्ने समेत बताउनु भयो।

सुरुवाती चरण देखि ३बर्ष पूरा गर्दासम्मको सहकारी अध्यक्ष,सचिब,कोषअध्यक्ष हरुले आफ्नो आफ्नो प्रतिबेदन सहित को किताब पनि बितरन गरिएको थियो, आजको दिनसम्म आउदा १०९९ जना को बचतकर्ता रहेको, उत्कृष्ट किसानको लागि सम्मनसहित गरिएको थिओ। उक्त कार्यक्रममा एक हजार देखि पन्ध्र सय ब्यक्तिको उपस्थित रहेको थियो। पहिलो अधिबेशन बाट पुरानो नै कार्यसमिती यथास्थिति मा रहने गरि घोषण भएको छ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….