मन्डनदेउपुर-नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित भएका छन् ।

अर्का प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतको फराकिलो अन्तरले पराजित गर्दै डोटेल अध्यक्ष निर्वाचित भएका हुन् ।

डोटेलले १४७ मत ल्याउँदा तामाङले ५६ मत ल्याए । नगर कमिटीका पदाधिकारीहरूमा पनि डोटेल प्यानलकै उम्मेदवार भारी मतान्तरसहित विजयी भए । उपाध्यक्षमा झलक प्रसाद पौडेल १४७ मत सहित विजयी हुँदा राममणि सापकोटाले ४५ मतमात्र ल्याए भने सचिवमा तुलसी प्रसाद नेपाल ११३ मतसहित विजयी हुँदा सुमन नेपालले ८८ मत प्राप्त गरे ।

यस्तै उपसचिवमा शिवराम तिमल्सिना १४४ मतसहित विजयी हुँदा पाभेल शाहले ५० मत प्राप्त गरे । अर्को एक उपसचिवमा नानु नेपाल निर्विरोध निर्वाचित भइन् ।

अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गरे । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निर्वाचनमा कुन तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्ने पनि वताए । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मेयर र उपमेयरको उम्मेदवार पक्का हुने भनेर हल्ला भएको सुनेको भन्दै एमालेभित्र सांसदको टिकट केन्द्रीय पदाधिकारीले पनि नपाएको ईतिहास भएको बाँस्कोटाले वताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रेको अध्यक्ष राजन भुर्तेलले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हामीले हार्दा त्यसको असर अहिले परेको बताए । काभ्रेमा जुन हिसाबले विकास भएको थियो त्यसमा ब्रेक लागेको बताउँदै अब त्यसो गर्न छूट नभएको उनले स्पष्ट पारे ।

अब काभ्रेमा माघ मसान्तसम्मका वडाको प्रत्येक टोलसम्म पार्टीको अधिवेशन गर्ने भुर्तेलले वताए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….