काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु-३ वेखसिम्ले वडा कमिटीको दोस्रो अधिबेशन नेकपा एमाले काभ्रे जिल्ला कमिटी उपसचिव रत्नकुश रंजितकारको प्रमुख आथिथ्यतामा सम्पन्न भएको छ ।

वडा अधिबेशनबाट अध्यक्षमा गोपाल चन्द्र घर्ती क्षेत्री सर्वसम्मत चयन हुनु भएको छ भने ११ सदस्यीय कमिटी तथा पालिका प्रतिनिधि छनोट गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य टिकाराम लामा, रमेश लामा पालिका कमिटी अध्यक्ष लगायतको उपस्थितिमा वडा अधिबेशन सम्पन्न भएको हो।

भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते सल्लेमा हुने छ । एमाले भुम्लु गाउँपालिका कमिटीले अधिबेशन सफल पार्न सम्पुर्ण भुम्लु बासीलाई अनुरोध गरिएको छ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….