बनेपामा आयोजित पन्ध्रौं नेवाः एकता दिवस कार्यक्रममा समाजसेवी अनिला कायस्थ सम्मानित भएको छिन । उनलाई पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्मान गरेका थिए ।

बनेपा नगरपालिका वडा नं. ७ मा बसोबास गर्ने कायस्थ समाजसेवा गर्न निकै रुचि राख्नु हुन्छ । युवा अवस्थाको सुरुवात देखिनै सामाजिक सेवामा लाग्नु भएको उहाँले अनुकरणीय सामाजिक एवं मानवीय सेवा प्रदान गर्दै आउनुभएको छ स्व. पिता रामचन्द्र कायस्थ र स्व. माता चन्द्रदेवी कायस्थको छोरी हुन् अनिला कायस्थ ।

बनेपा नगरपालिका रहेको धनेश्वर आधारभूत माध्यामिक विद्यालय पनौति, मुकतिनाथ मन्दिर (ठाडोबाटो) आजाद माध्यामिक विद्यालय बनेपा, मानव कल्याण समाज धुलिखेल, बाल मन्दिर माध्यामिक विद्यालय (धुलिखेल), चण्डेश्वरी मन्दिर (बनेपा), भिमसेन मन्दिर (शसी पानी) बनेपा, शिर मेमोरियल हस्पिटल (बनेपा) लगायत विभिन्न ठाउँ सहयोग गर्दै आएकोले सम्मान गरिएको छ।

कार्यक्रममा पुर्वमन्त्री राजेन्द्र श्रेष्ठ, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, साहित्यकार मोहन दुवाल, हलिनेवा गुथी संस्थापक अध्यक्ष शान्त प्रकाश श्रेष्ठ, अध्यक्ष विनोद महर्जन, उपाध्यक्ष सुरेश शैंजु, महासचिव अमरकाजी श्रेष्ठ, सम्पदा अभियान्ता राजाराम तन्दुकार, मंगल लक्ष्मि श्रेष्ठ, रामकाजी प्रधान, मोहन तौजले लगायत उपस्थिति रहेको थियो ।संस्कृति र सम्पदाको धनी ऐतिहासिक थलोको रुपमा रहेको काभ्रेको संस्कृति र सम्पदाको जगेर्ना गर्ने उदेश्यले एकता दिवस आयोजना गरिएको हलि नेवा गुथी काभ्रेका अध्यक्ष रामकाजी प्रधानले बताए ।

विभिन्न ठाउँको संस्कृति आदानप्रदानका लागि एकता दिवस महत्वपुर्ण रहेको नेवा एकता दिवस मुल आयोजक समिति काभ्रेका संयोजक जगनाथ श्रेष्ठले बताएका छन् ।कार्यक्रममा बनेपा, नाला, साँगा, धुलिखेल, खडेपु, चौकोट र पनौतीको नेवार संस्कृति र परम्परा प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक भवानी जोशीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….