रामेछाप – खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। शनिबार आयोजित समारोहमा बर्ष २०२४ क अध्यक्ष जेसी ओमराज श्रेष्ठले बर्ष २०२५ की अध्यक्ष जेसी सरिता श्रेष्ठ ‘सरु’ लाई आफ्नो पदभार हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रम खाँडादेवी गाउँपालिका प्रमुख ज्ञान कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो भने बिशेष अतिथिमा खाँडादेवी गाउँपालिका उपप्रमुख रमा घिसिङ, नेपाल जेसीजका बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण सापकोटा र उपाध्यक्ष जेसी सङ्गम बहादुर कार्की ज्यू र सस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ ज्यू हुनुहुन्थ्यो।
मातृशाखा लगायत विभिन्न शाखाका अध्यक्षहरु, जनप्रतिनिधि, शिक्षाविद, स्वास्थकर्मी, प्रहरी बरिस्ठ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार, बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै गर्दा प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले खाँडादेवी जेसीज प्रती सधैं सकारात्मक रहेको कुरा उल्लेख गर्नुभएको छ।
बोल्ने क्रममै बर्ष २०२५ कि अध्यक्ष सरिताले विधि र बिधानमा रहेर नेपाल जेसीजको चार वटै क्षेत्रहरु सङ्ग सम्बन्धित रहि विभिन्न काम गर्दै खाँडादेवी जेसीजको शिर उच्च बनाउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो। साथै उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो।
नव निर्वाचित कार्यसमितिमा श्रेष्ठ लगायत विभिन्न पदहरुमा निम्न अनुसारको पदाधिकारी हरु रहनुभएको छ:
अध्यक्ष :- जेसी.सरिता श्रेष्ठ ‘सरु’
कार्यकारिणी उपाध्यक्ष:- जेसी. सुदिप श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष :- जेसी अर्जुन श्रेष्ठ
कानुनी सल्लाहकार:- जेसी. बिनोद श्रेष्ठ
महासचिव:- जेसी बिपिन राज श्रेष्ठ,
सहसचिव : जेसी मेलिना श्रेष्ठ
कोषाध्यक्ष:- जेसी.तेज कुमार श्रेष्ठ
सह कोषाध्यक्ष: जेसी सुस्मिता पौडेल
उपाध्यक्षहरु:- जेसी. पारास खड्का , जेसी. श्याम श्रेष्ठ जेसी. रमिला मोक्तान र जेसी.रोज श्रेष्ठ
साखा संम्पादक जेसी मन्दिरा श्रेष्ठ