धुलिखेल / काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनको तयारी, उद्देश्य तथा ब्यवस्थापनका बारेमा जानकारी दिन मंगलबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा समन्वय समिति प्रमुख दीपक गौतमले सम्मेलनको महत्वसँगै सम्मेलन अवधीभर आयोजना हुने कार्यक्रमका बारेमा जानकारी गराए । सम्मेलनमा विभिन्न मुलुकबाट करिब ३ लाख युवाहरुले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए । सम्मेलनमा कन्सर्ट, समुहगत छलफल तथा स्टलहरु रहनेछन् । २ सयभन्दा धेरै बक्ता र १० हजार डेलिगेट्सले समुहगत छलफलमा भाग लिने बताइएको छ ।

सम्मेलनमा स्थानीय उत्पादन प्रदर्शनी, विषय विज्ञताका आधारमा समुहगत छलफल लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । हरेक दिन फरक फरक विषयमा छलफल हुनेछ ।

सम्मेलनको प्रचार प्रसार गर्ने उद्देश्यले ५ लाख पुरस्कार राशीको फुटसल प्रतियोगिता पनि आयोजना गरिएको छ । यो प्रतियोगित भने माघ १७ देखि १९ गतेसम्म आयोजना हुनेछ । फुटसल प्रतियोगिता खुल्ला तथा अन्तर विद्यालय स्तरीय हुने पनि प्रमुख गौतमले जानकारी दिए । यस अघि जिल्ला समन्वय समितिको आयोजनामा कृषि महोत्सव, खेल महोत्सव लगायतका जिल्ला स्तरीय कार्यक्रम भएका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….