२१ माघ, बनेपा। पछिल्लो समय उच्चशिक्षा हासील गर्न नेपालबाट बिभिन्न देश जान चाहने नेपाली बिद्यार्थीको संख्या क्रमश बढ्न थालेको छ । शैक्षिक परामर्शसहित विदेशमा अध्यापन गराउने उदेश्यले सुपर लाईफ एजुकेशनल कन्सल्टेन्सी संचालनमा आएको छ ।

सरस्वती पूजाको अवसर पारेर आज सोमबार कन्सल्टेन्सीको उद्घाटन भएको हो । काभ्रेपलान्चोकको बनेपा चण्डेश्वरी मार्ग जाने बाटोमा रहेको यो कन्सल्टेन्सीले अष्ट्रेलिया, जापान, बेलायत, न्यूजिल्याण्ड, क्यानडा,अमेरिका, कोरिया लगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने जनाएको छ। उच्च शिक्षा अध्ययनका लागि बिभिन्न देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिम समेत प्रदान गरिने कन्सल्टेन्सीका सन्चालक सुशील थापाले बताउनुभयो ।

सुपर लाईफ एजुकेशनल कन्सल्टेन्सीले विद्यार्थीका आवश्यकता, सफलता र सन्तुष्टिलाई सुनिश्चित गर्दै अनुभवी र प्रमाणित सल्लाहकारहरूद्वारा उत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षाको लागि विद्यार्थीहरूलाई गुणस्तरीय सेवाहरू सुनिश्चित गर्ने सन्चालक थापाले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….