काभ्रेपलान्चोक – आगामी चैत्र १४ देखि १८ गते सम्म धुलिखेलमा आयोजना हुन लागेको विश्व यूवा सम्मेलनको पुर्व तयारी स्वरुप शनिबार अभिमुखिकरण आयोजना गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा हुने सम्मेलनमा करिव एक सय देशका प्रतिनिधि सहभागि भएर विभिन्न विषयमा छलफल एवं अन्तरक्रिया संगै विविध कार्यक्रमको आयोजना हुने बताइएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटा,पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य तिर्थ लामा, प्रदेश सांसद रत्न ढकाल लगाएतले विश्व यूवा सम्मेलनले काभ्रेलाइ विश्व सामु चिनाउन थप मद्दत पुराउन सहयोग पुग्ने बताएका थिए।कार्यक्रम सफल पार्न गर्नु पर्ने सबै सहयोग गर्न आफुहरु तयार रहेको भन्दै उनीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा कोलाम्बियाकी मिस ग्लोब २०२४ डायना मोरेनोको उपस्थिति रहेको थियो। उनले विश्व यूवा सम्मेलनको प्रचार प्रसार गर्दैआइरहेकी छिन्।

कार्यक्रममा, नेपाल पत्रकार महासंघ महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काठमाडौ विश्वविद्यालयका गोकुल केसी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रमका बारेमा जानकारी गराउँदै जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले युवा सम्मेलनको उद्घाटन सत्रमा १ लाख भन्दा धेरै युवाहरु सहभागि हुने बताए ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul