काभ्रे – महाभारत गाउँपालिकाको आयोजना सञ्चालन भएको प्रथम महाभारत उपाध्यक्ष कपको उपाधी जनकल्याण माध्यमिक विद्यालयले पाएको छ । ७ स्वर्ण सहित श्री जनकल्याण माध्यमिक विद्यालय प्रथम , ५ स्वर्ण सहित श्री ग्रामोन्ति मावि दोस्रो , २ स्वर्ण सहित गोकुले मावि तेस्रो भएको छ ।
श्री भैरव माविको व्यवस्थापनमा आयोजित उक्त प्रतियोगितामा महाभारत गाउँपालिका भित्रका १७ वटा आधारभूत तहका विद्यार्थीहरूको सहभागीता रहेको थियो । विजेता विद्यार्थीलाई प्रमुख अतिथी पालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष सागर मोक्तान र प्रमुख प्रशासकिय अधिकृत रामबाहादुर लामाले प्रथम हुने विद्यालयलाई २० हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैंया ट्रफी, मेडल र प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका हुन् ।
विजेतालाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले पालिकामा खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि उपाध्यक्ष कार्यक्रमको ४ लाख बजेटबाट सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । पालिकामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि उपाध्यक्ष कार्यक्रमको ४ लाख बजेटबाट सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष सागर मोक्तान भनाइ छ ।
खेल क्षेत्रलाई विकास र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्नका लागि पाालिकाले खेलकुदलाई महत्व दिएर काम गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।