काभ्रेपलान्चोक – सामुदायिक बचत तथाऋण सहकारी संस्था लि. धुलिखेल सेवाकेन्द्रको आयोजनामा धुलिखेल नगर पालिकाको समन्वय र रेयुकाई एइको मासुनागा आँखा अस्पताको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिका वडा नं. ११ डाँडागाउँमा १ दिने निःशुल्क अाँखा शिविर सम्पन्न भएको छ ।
धुलिखेल सेवाकेन्द्र ब्यवस्थापन उप समिति संयोजक गोविन्द सत्यालको सभाअध्यक्षता र धुलिखेल नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नारायण प्रसाद बडालको प्रमुख आतिथ्यता र वडाको महिला सदस्य कमली तामङको आतिथ्यता रहेकोे उद्घाटन सत्रमा संस्थाका श्रद्धय अध्यक्ष मुकुन्द शर्मा वाग्लेको विशेष उपस्थिती रहेको थियो भने सञ्चालक सदस्य एवं सामाजिक सेवा उप समिति संयोजक रामकृष्ण घिमिरे र सञ्चालक सदस्य विकास पन्त लगायतको सहभागिरहेको थियो ।
आँखा शिविरमा २१३ जनाको उपस्थिति रहेकोमा समुदायका १९८ जनाले आँखा जाँचको सेवा लिनु भएको थियो ।