भक्तपुर,
सुर्यबिनायक नगरपालिकास्थित पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यबिनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिसिना भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।
विशेष अतिथिका रूपमा नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र थापा मगर, सुवासनाथ गोङल, साथै नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, सचिव कुमार थापा मगर, कोषाध्यक्ष विक्रम थापा, वी क्यान अध्यक्ष रत्न बहादुर राई, कोषाध्यक्ष कमल सुवाल, सदस्यहरू उर्मिला सुवाल, सरोज के.सी., शिक्षक संघ अध्यक्ष इन्द्रमणि गीरी, योग गुरु परिवेश मल्ल ठकुरी, कल्पना मल्ल ठकुरी लगायत अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भावी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले विद्यालयलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाथीभरा एकेडेमी भक्तपुरको नमुना विद्यालयका रूपमा अघि बढिरहेको बताउनुभयो। शिक्षा प्रमुख रत्न कटुवालले विद्यार्थीलाई घरमै संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिँदै छिट्टै विद्यालयले गृहकार्य र मूल्यांकन प्रणालीमा सुधार गर्दै घरको क्रियाकलापलाई समेत मूल्याङ्कनमा समावेश गर्ने बताउनुभयो।
प्रमुख अतिथि सरिता तिमिसिना भट्टराईले विद्यालयले गुणस्तरीय कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै अभिभावकहरूले पनि विद्यार्थीको शैक्षिक प्रगतिको लागि समय व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा कक्षा पि.जी. देखि कक्षा सातसम्मका विद्यार्थीहरूले नृत्य, संगीत, नाटक तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिँदै कार्यक्रमलाई आकर्षक बनाएका थिए। अभिभावक, शिक्षक तथा विद्यार्थीहरू कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा आयोजकलाई धन्यवाद व्यक्त गर्दै विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य कल्पना बोली र लक्ष्मी प्रधानाङले गर्नुभएको थियो। कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो, जहाँ पहिलो चरणमा कक्षा पि.जी. देखि कक्षा २ सम्मका विद्यार्थीहरू तथा दोस्रो चरणमा कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरूले विविध प्रस्तुति दिएका थिए।
कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।