काभ्रेपलान्चोक – राष्ट्रिय जनसाँस्कृतिक महासंघ काभ्रेको अध्यक्षमा मोहन तौजले निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न सातौं जिअधिवेशनबाट अध्यक्ष सहित सवै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
उपाध्यक्षमा योजना खड्गी र राजेश बोलखे ,सचीवमा दिपक तिम्लसिना,उप सचिवमा रोसन श्रेष्ठ र इश्वरी घिमिरे, कोषाध्यक्षमा सुरेश दनुवार निर्वाचित भएका छन् । यस्तै ७ घटक संयोजक समेत चयन गरिएको छ ।
राष्ट्रिय जनसंगीत कलाकार संघ संयोजकमा कृतिका भुर्तेल, राष्ट्रिय भाषा तथा लोक साहित्य संघमा यादव कोइराला, राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघमा कमल दाहाल, राष्ट्रिय जन नाट्यकर्मी संघ सुनिता तामाङ, राष्ट्रिय जनसाहित्य संघ ललिता गौतम, रास्ट्रिय सामाजिक संस्कृति संघ रोशन श्रेष्ठ, रास्ट्रिय ललितकला संघ संयोजकको जिम्मेवारी दिनेश लामाले पाएका छन् ।