काभ्रेपलाञ्चोक – नेकपा एमाले तेमाल गाउँपालिका कमिटिको दोस्रो गाउँपालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

पोखरीनारायणस्थानमा शनिबार सम्पन्न अधिवेशनबाट वडा नं. ८ मेच्छे बोज्र्याङका सत्यमान लामा दोङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा तेमाल १ नं. वडा सस्र्यूंखर्कका इन्द्र बहादुर अधिकारी, सचिवमा वडा नं. ४ बोल्देफेदिचेका सुरेन्द्र दोङ तामाङ, उपसचिवमा वडा नं. ७ कुरुवास चापाखोरीका खुसराज लामा र वडा नं. ५ पोखरीनारायणस्थानका लालीमाया तामाङले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

एमाले युवा नेता बागमती प्रदेश कमिटि सदस्य जेनिश लामाका अनुसार कार्यसमति सदस्यहरु पनि तेमालको भुगोल, क्षेत्र समेटेर चयन गरिएको छ । यसले पार्टीलाई जनतामाझ थप स्थापित गरी समृद्ध तेमाल निर्माणमा नेतृत्व लिने शक्ति आर्जन हुने उहाँको भनाई छ ।

तेमालका ९ वटै वडाका स्थानीय नेता कार्यकर्ता, प्रतिनिधि, शुभचिन्तक, सर्वसाधारणको समेत सहभागिता रहेको अधिवेशनले जुझारु एवं शसक्त नेतृत्व चयन गरेको हो ।

यस अघि सम्पन्न पहिलो गाउँपालिका अधिवेशनबाट निर्वाचित अध्यक्ष इन्द्रमान तामाङ पछि जिल्ला कमिटि सदस्यमा निर्वाचित भएपछि कार्यबहाक अध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएका सिंह बहादुर दोङले आफ्नो अध्यक्षतामा अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।

अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले पोलिव्युरो सदस्य एवं प्रचिनिधिसभा सदस्य, पूर्वमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनमा नेकपा एमाले केन्द्रिय सदस्य, सविंधानसभा सदस्यद्धय नविना लामा र रेशम लामा, बागमती प्रदेशसभा सदस्य, नेकपा एमाले प्रदेश कमिटि सदस्य ज्ञान बहादुर तामाङ, एमाले युवा नेता बागमती प्रदेश पूर्वमन्त्री चन्द्र लामा, एमाले बागमती प्रदेश कमिटि सचिवालय सदस्य इन्द्र तामाङ, प्रदेश कमिटि सदस्य जेनिश लामा, काभ्रे जिल्ला कमिटि अध्यक्ष राजन भुर्तेल, अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटि सदस्य सम्तेन लामा, जिल्ला सल्लाहकार परिषद सदस्य संग्राम तामाङ लगायतका नेताहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul