भक्तपुर, साइनिङ्ग सेकन्डरी स्कूलको ३२ औं अभिभावक दिवस भव्यताका साथ समपन्न भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङ पकुनेपाटीमा अवस्थित साइनिङ्ग सेकन्डरी स्कूलको ३२ औं अभिभावक दिवस सांसद तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न भएबो हो ।
वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत समावेश कार्यक्रमको सांसद प्रेम सुवालले उद्घाटन गर्दै गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुलाई आवयक तालिमको व्यवस्था आवश्यक रहेको औंल्याए । सुवालले विद्यालयको स्मारिका विमोचन सहित एसईई २०८० उत्तीर्ण विद्यार्थीहरूलाई कदर पत्र प्रदान गरेका थिए । उनले शिक्षकहरूलाई तहगत रूपमा तालिम तथा अभिभावक अभिमुखीकरण गराउन सके गुणस्तरीय शिक्षा सहित नयाँ पुस्ता हुर्काउन सकिने र उसमा अभिभावकको भूमिका समेत महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शिक्षामा बढ्दो खाडललाई पुर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।

यस्तै विद्यालय सञ्चालक विक्रम धुकुछुले साइनिङ्ग स्कूल भक्तपुरको उत्तर पूर्वी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको बताए । विद्यालयले शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गरिरहेको संचालक ढुकुछुले जानकारी दिए ।
विद्यालयको प्रगति विवरण पेस गर्दै विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन भइरहेको बताउँदै बालमैत्री र सिकाइमैत्री वातावरण निर्माणमा विद्यालय अग्रसर रहेको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, उत्प्रेरक तुलसीहरि प्रजापति, अभिभावक तथा विद्यार्थीहरूले विद्यालयका गतिविधिबारे आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयले उत्कृष्ट अभिभावकलाई कदर पत्रद्वारा सम्मान गर्नुका साथै विद्यालयका शिक्षकहरु सुनिता ह्यौमिखा, सुस्मिता पुरी र सुरज श्रेष्ठलाई उत्कृष्ट शिक्षक पुरस्कारले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul