काभ्रेपलान्चोक – दोश्रो बनेपा उप–मेयर कप खुल्ला भलिवल प्रतियोगिता २०८१ भोली देखि सुरु हुने भएको छ ।
प्रतियोगिताको चैत्र ३० गते समापन हुनेछ । बनेपा नगरपालिकाको आयोजना तथा बनेपा भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन र काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
बनेपा नगरपालिका, ललितपुर महानगरपालिका, टिपटप न्यु डाईमण्ड युथ स्पोर्ट्स क्लब, बुढानिलकण्ठ भलिबल क्लब, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, बनेपा वडा नं ९, महाभारत गाउँपालिका, प्रोफेशनल एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार रुपैया प्राप्त हुनेछ ।
प्रतियोगिताको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नेछन् भने समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नेछन् ।
जिल्ला कै धेरै नगद पुरस्कार भएको महिला भलिबल प्रतियोगिता हो। प्रत्येक म्याचमा प्लेयर अफ द म्याच घोषणा गर्दै पुरस्कार उपलब्ध गराउने बनेपा भलिबल प्रशिक्षण केन्द्रका सचिब एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिए ।