भकुण्डेबेशी (नमोबुद्ध)– नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ ।
नमोबुद्ध नगरपालिकाको पहलमा उद्धार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मासहित नगरपालिका र मानव कल्याण समाजको टोली ती व्यक्तिको उद्धारका लागि पुगेको थियो ।
हिन्दी भाषामात्रै बोल्ने अन्दाजी ३५ बर्ष उमेरमा ती व्यक्ति झण्डै तीन सातादेखि भकुण्डे बजारमा अलपत्र अवस्थामा रहेका थिए । सडकमै बस्दै आएका उनको नाम ठेगाना खुल्न सकेको छैन । नमोबुद्ध नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउने उद्देश्यले ती व्यक्तिको उद्धार गरिएको र उनको हेरचाह तथा स्वास्थ्य उपचार लगायतको व्यवस्थापन मानव कल्याण समाजमा हुने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । ‘घर परिवारबिहीन अवस्थामा रहका सडक मानवको उचित हेरचाह र सेवाका लागि नगरपालिकाले विगतदेखि नै पहलकदमी लिएको छ’ तिमल्सिनाले भने ।
नमोबुद्ध नगरपालिकाले सडकमा अलपत्र अवस्थामा बस्दै आएका व्यक्तिहरुको उद्धार, हेरचाहका लागि मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवको उद्धार गर्दै आएको छ । पछिल्लो एक बर्षमा भकुण्डे क्षेत्रबाट सडक मानवको उद्धार गरिएको यो चौथोपटक हो । यसअघि नगरपालिकाको पहलमा तीन जनाको उद्धार भइसकेको छ । तीनैजना हाल मानव कल्याण समाजको सेवा घरमा आश्रित छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….