काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु गाउँपालिकाको २ सय ५० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
कोरोना महामारीका कारण रोजगार गुमाएका, अपाङ्गता भएका घर परिवार, परिवारमा १ जना पनि कमाउने सदस्य नभएकालाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
भुम्लु गाउँपालिकाको आयोजनामा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र काभ्रेको सहजीकरण र सिवियम नेपालको साझेदारीमा सञ्चालन भएको “ सबैला लागि समावेशी समुदाय ” परियोजना अन्तर्गत गाउँपालिकाको विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
उक्त राहत प्याकेजमा चामल ३० के.जी, नुन २ पकेट , तेल २ लिटर, चिनी २ केजी र दाल ३ केजी रहेको छ सामाग्रीहरु वितरण गरेको भुम्लुको प्रतिनिधि चन्द्र लामाले जानकारी दिए ।