अमरकृष्ण चन्द, धुलिखेल हालै मात्र अाफ्नाे पाँचौ महाधिवेशन भव्यताकासाथ सम्पन्न गरेकाे राष्ट्रिय संगितकर्मी संघले अमेरिकामा अाफ्नाे शाखा गठन गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहको समुपस्थितिमा कलाकारहरुको साझा घर राष्ट्रीय सङ्गीतकर्मी संघ अमेरिका तदर्थ समिति गठन भएको हाे । संस्थाका केन्द्रीय अध्यक्ष शाहको प्रमुख अतिथ्यतामा अनु शाहको अध्यक्षतामा तदर्थ समिति गठन भएको हाे । नव निर्वाचित अध्यक्ष सहित सम्पुर्ण कार्यसमिति, सल्लाहकारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै केन्द्रीय अध्यक्ष शाहले सपथ गराएका थिए ।
शाहकाे अध्यक्षतामा नवगठित तदर्थ समितिमा वरिषठ उपाध्यक्ष राखि गौचन, उपाध्यक्ष सागर बसौला, महासचिव पासाङ नोर्बु शेर्पा, सचिव चेङा शेर्पा, कोषाध्यक्ष श्याम नेपाली, सह-कोषाध्यक्ष मुकेश सुबेदी रहेका छन् ।
यस्तै सदस्यहरुमा बिकास बिस्ट, सागर श्रेष्ठ, मनोज सिंह, सागर खड्का चयन भएका छन् भने संघका सल्लाहकारमा सपना श्री, विश्व बिक्रम शाह, शाेभा कान्त पान्डे, राेशन पाल्पाली, राजु रौनियार, अर्जुन खड्का, राज कपुर रहेका छन् ।
संघका केन्द्रीय अध्यक्ष विक्रमजंग शाह कार्यक्रमका लागि अमेरिकामा रहदा अमेरिकामा रहेका कलाकारहरु समेटेर शाखा तदर्थ समिति गठन गरिएको शाह बताउँछन् । यस अघि देशका ७ प्रदेश ६६ जिल्ला, थुप्रै पालिका अनि ३ वटा विदेश शाखा गठन गरिसकाे संस्थाले अमेरिकामा नयाँ शाखा गठन गरेकाे केन्द्रीय अध्यक्ष शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….