काभ्रे – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको पाँचौ अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा भएका हुन् ।
सो अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा, उपअध्यक्षमा कजोल तामाङ, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा सनम सुवाल, कोषाध्यक्षमा कृष्ण बहादुर घिसिङ चयन भएका छन् ।
त्यसै गरि सदस्यहरुमा, इकमान लामा, रकम राज लामा, लोक बहादुर लामा , सबिना श्रेष्ठ चयन भएका छन् । अधिवेशन काभ्रेको नेपाल आदिवासी जनजाती शभाहल बनेपामा सम्पन्न भएको थियो ।