बनेपा, हृदयघात भई असमाहिक निधन हुनुभएका सिन्धुपाल्चोकका स्व. पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल, काभ्रेले रु ५० हजार ३१ सहयोग गरेको छ ।

स्व. पत्रकार नेपालको परिवारलाई सहयोग गर्नका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा प्रेस चौतारी नेपाल काभ्रेसँग सम्बद्ध पत्रकारहरूबाट सङ्कलित उक्त रकम सहयोग गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सह–संयोजक एवं नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सह–सचिव समेत रहनुभएका स्व. पत्रकार नेपालको परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यसहित प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाका अध्यक्ष विदुर आचार्यमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो । पत्रकार नेपालको हृदयघात भई गत मङ्सिर २ गते धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….