काभ्रेपलान्चोक – पछिल्लो समय बनेपा नगरपालिकाको प्रमुख उप-प्रमुखको सक्रियता निकै बढेको छ । दिन दिनै योजनाहरुको अनुगमन गर्ने क्रम बढदै गएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह वादेले योजनाहरुको अनुगमन गरि छिटै निर्माण सम्पन्न गर्ने निर्देशन दिनु भएको छ । बनेपा नगर भरी रहेका योजनाहरु अनुगमन गर्दा उहाँले छिटो र गुणस्तरीय काम गर्ने आदेश दिनु हो । 

आज आइतबार पनि बनेपा नगरपालिका वडा नं. २ स्थित सीक्रेमा रहेकाे ऐतिहासिक भगवती देबिकाे मन्दिर निर्माणको अवलोकन गर्नु भएको छ । उहाँले अवलोकन पछि काम राम्रो देखिएको र अझै राम्रो गर्ने निर्देशन दिनु भयो । उक्त निरिक्षण कार्यक्रममा बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप प्रमुख रेखा सापकोटा दाहाल लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….