काभ्रेपलान्चोक – बनेपा जुनियर जेसीजकाे ३७ औ वार्षिक साधारण सभा तथा २७ औ शाखा अधिवेशन बनेपाकाे गाैतम भिलेज रिर्साेटमा सम्पन्न भएकाे छ ।

कार्यक्रमको सभापति वर्ष २०२१ का अध्यक्ष जु जेसी निर्जन गाैतले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष जेसी प्रकाश कायस्थ हुनुहुन्थ्यो । कार्यक्रममा काभ्रे जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी सुवास बैधले जुनियर जेसीजले गरेकाे सहयाेगकाे बारेमा प्रसंसा गर्नुभयाे र अागामी दिनमा पनि थप सहयाेगकाे अपेक्षा गरेकाे कुरा ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जेसी प्रकाश कायस्थले अाफ्नाे नेतृत्वमा स्थापना भएकाे संस्था अाजकाे दिन सम्ममा भन् परिस्कृत भएर कार्यहरु गरेकाेमा खुसी भएकाे र याे संस्थाबाट उत्पादन भएका व्यक्तिहरुले नेपाल जेसीज सम्मकाे यात्रतय गरेकाेमा अाफुलाई गाैरव महसुस भएकाे कुरा बताउनु भयाे ।

शाखा अधिवेशन निर्देशकमा जेसी सुजन मर्हजन र निर्वाचन अधिकृतमा जेसी रसिक शाक्यलाई साधारण सभाबाट सर्वसम्मत रुपमा नियुक्त गरिएकाे थियाे । यस अधिवेशनबाट २०२२ काे लागि नेतृत्व चयन भएकाे थियाे भने सम्पूर्ण निर्वाचनकाे पदहरुमा निर्विरोध निर्वाचित भएका थिए ।

वर्ष २०२२ काे अध्यक्षमा जु. जेसी श्रृष्टी शाक्य, कार्यकरणी उपाध्यक्षमा जु जेसी विबेक पुरि र जु जेसी कृष्ण श्रेष्ठ तथा उपाध्यक्षमा जु जेसी राेनिश श्रेष्ठ,जु जेसी श्रेया मानन्धर, जु जेसी कुशल श्रेष्ठ र जु जेसी अभिनेश शाक्य निर्विरोध निर्वाचित हनुभएकाे थियाे।

नव निर्वाचितले अध्यक्ष शाक्यले अाफ्नाे कार्यकालमा बनेपालाई नाे हर्न सिटि बनाउन पहल गर्ने र नेतृत्व विकास तालिमहरु धेरै भन्दा धेरै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । अाफ्नाे कार्य समितिलाई सशक्तरुपमा अगाडि लिएर जानकाे लागि कानुनी सल्लाहकारमा जु जेसी अायुष शाक्य, महासचिवमा जु जेसी राेजा शिल्पकार, काेषाध्यक्षमा जु जेसी श्रृष्टी श्रेष्ठ र तालिम संयाेजकमा जु जेसी वन्जल श्रेष्ठलाई मनाेनित गरिएको थियो ।

वर्ष २०२१ का अध्यक्ष जु जेसी निर्जन गाैतमले अाफ्नाे कार्यकाल सफल बनाउन सहयाेग गर्नु भएकाे काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजका पूर्व अध्यक्ष, बाेर्डका पदाधिकारि तथा सदस्यहरुमा धन्यवाद व्यक्त गनुभयाे। अधिवेशनमा शाखा अधिवेशन निर्देशक जेसी सुजन मर्हजनले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गनुभयाे ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….