काभ्रेपलान्चोक –  धुलिखेल नगरपालिकाको नगर सभाले स्थानिय निर्वाचन गर्न सरकारलाई अनुरोध गरेको छ । नेपालको संविधान अनुसार स्थानीय तहको कार्यकाल पाँच वर्षको हुन्छ भने व्यवस्था अनुसार धुलिखेल नगरपालिका नगर सभाको १० औं अधिवेशनबाट नेपाल सरकारलाई समयमा निर्वाचन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। त्यस्तै जनताको सेवा प्रवाह रोकेर जन बिरोधी नहुन सरकारलाई आग्रह गरेको छ । आज धुलिखेल नगर सभाको १० औं अधिवेशनबाट नेपाल सरकारलाई उक्त आग्रह गरेको हो । संविधान बिरोधी भएर सरकारले स्थानीय तहका जनताको सेवा प्रबाह रोकेर जन बिरोधी नहुन धुलिखेल नगर सभाले आग्रह गरेको हो ।

त्यस्तै सभाले नेपालको पहिलो स्थानीय आम सन्चार ऎन ७८ प्रस्तुत गरेको थियो । पालिकाले हालसम्म स्थानीय ऐन ७० पास गरेको छ । सभामा मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले सरकार जन बिरोधी र संघीयता बिरोधी बन्दै गएकाले मुलुक निर्वाचित बिहिन बनाएर तानाशाह बन्न खोजेको आरोप लगाउनुभयो ।

त्यस्तै नगर सभाको दशौ अधिबेशनको पहिलो बैठकमा नगरपालिकाको स्थानीय सेवा विधयक २०७८,राजपत्र प्रकाशन सम्बन्धि विधयक २०७८ ,नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधयक, आम संचार विधयेक २०७८ र नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिबेदन २०७८सभा समक्ष प्रस्तुत गरिएको थियो ।  – Nepalay News बाट साभार 

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….