काभ्रेपलान्चोक– राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । आज बिहीवार धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएको हो ।
एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर काभ्रेका विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।
उक्त स्थानमा नेपाली सेनानै परिचालन गरेको थियो भने विरोध पछि विद्यार्थी र सुरक्षाकार्मी बीच झडप भएको थियो ।
बिरोध कार्यक्रममा विद्यार्थी नेता सालिकराम पराजुली र युवा नेता सागर रायमाझीले सम्बोधन गर्नु भएको थियो ।