काभ्रेपलान्चोक – बनेपा नगरपालिकामा स्थानिय निर्वाचन नजिकिदै गर्दा टोलटोलसम्म टोल कमिटिहरु निर्माणको कार्य सुरुवाती चरणमा रहेको छ । बनेपा नगरपालिका कमिटिले विगत दुई हप्ताको समय भित्रमात्रै नगरका विभिन्न वडाका टोल कमिटिहरु निर्माण भएका छन् । नेकपा एमालेले आफ्नो जिल्ला भरिनै टोल कमिटि निर्माणको कार्य सुरुवात भएता पनि बनेपा नगरको भने सकृयता ह्वात्तै बढेको जानकारहरु बताउछन् ।
बनेपा नगरको वडा नम्बर सम्पुर्ण वडाका टोलहरुमा टोल कमिटि निर्माणको कार्यले तिव्रता पाएको छ । गतिविधिलाई नियाल्ने राजनीतिक दलका नेताहरुले समेत एमालेको सकृयताले अन्य राजनीतिक पाटिमा समेत धक्का लागेको महसुससमेत गर्न थालेका छन् । निर्वाचन केन्द्रित कार्यका लागि नगर अध्यक्ष रत्नकुश रंजित, उपाध्यक्ष नवराज मानन्धर, वडा अध्यक्ष चन्द्र खड्का, बर्ण शाक्य वडा कमिटिका अध्यक्षहरुको सक्रियता रहेको छ । केहि तस्वीरहरु :