काभ्रेपलान्चोक – नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रे बनेपा नगरले संगठन सुदृढीकरण अभियानलाई पुनः तीव्रता दिएको छ ।

समाजले काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका सबै पालिका तथा वडामा संगठन सुदृढीकरण अभियान तीव्र पारेको हो ।

अभियानअन्तर्गत काभ्रेको बनेपा नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको १४ वटै वडाको प्रतिनिधित्व हुनेगरी ४३ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

नेकपा एमाले काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुर्गा बहादुर रसाइलीको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहालले नवगठित कमिटीलाई शुभकामना दिँदै सिंगो दलित समुदायको अधिकारका लागिसम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए ।

 

उता कार्यक्रमको विशेष अतिथि बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितले कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।उनले भने एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

कार्यक्रममा बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे, जिल्ला कमिटी सदस्य एवम् बनेपा नगर उप–प्रमुख रेखा सापकोटा दाहाल, नेपाल उत्पीडित जातीय मुक्ति सामज काभ्रेको अध्यक्ष खडग बहादुर पुर्कोटी सचीव तेज नेपाली लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….