काभ्रेपलाञ्चोक–नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा यही चैत्र २ गते बृहत पार्टी प्रवेश कार्यक्रम हुने भएको छ ।

चैत्र २ गते बनेपाको पार्टी भेन्युमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस बनेपा नगरका सभापति महेश कुमार कर्माचार्यले काभ्रे प्रेसलाई जानकारी दिनुभयो ।

कार्यक्रममा बागमति प्रदेशका सभापति इन्द्र बानियाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन हुने भएको छ । चैत्र २ गते बिहान ११ बजे नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा हुने भएको हो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….