काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भुम्लु गाउँ कमिटीको पार्टी कार्यालय उद्घाटन तथा स्थानीय निर्वाचन तयारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हिजो एक कार्यक्रमको बीच पुर्व मन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले नव प्रवेशी लाई बधाई तथा शुभकामना दिदै टाउकाको मुल्य तोक्ने मान्छेको प्रचण्डले खुट्टा मिच्दै गरेकोे र प्रचण्डसँग कदापि एकता नहुने बताउनु भएको छ । नेकपा एमालेले आफनो सरकार भएको बेला धेरै काम गरेको र त्यसमा मिडिया बाजीे नगरेको बताउँदै बिनोद चौधरीले चलाउने पत्रीकाले एमालेको कहिले पनि राम्रो न्युज नलेख्ने बताउनु भएको छ । उहाँले पछिल्लो समय मिडिया पार्टीका नेता र कर्याकर्ताले चलाएको बताउनु भयो । उहाँ भन्नु भयो भुम्लुमा नेकपा एमाले पार्टीका नेता कर्याकर्ताहरु लाई डन भनेर चिनिनेहरुले थर्काउने, तर्साउने काम गरेको भन्दै एमाले लाई निउ नखोज्न जानकारी दिदै यदि त्यस्तो भयो भने ठूलो चुनौती बेहोर्नु पर्ने बताउनु भएको छ ।

मन्त्री बास्कोटाले काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी, सञ्चार तथा अन्य पूर्वाधारको काममा फड्को मारिसकेको बताउँदै तीन वटा विश्वविद्यालय निर्माणको प्रक्रिया आरम्भ हुनु जिल्लाको समृद्धिको महत्तवपूर्ण कार्य भएको बताउनु भयो ।
उता कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले निर्वाचित भएर आएपछि सबैभन्दा पहिला गाउँपालिकाको आधारभूत आवश्यकतालाई जोड दिदै पूर्वाधारका कुराहरुमा पनि जोड दिएको बताउनु भयो । उहाँले भन्नू भयो स्वास्थ्य,शिक्षा,खानेपानी बाटोघाटो र सडकलाई प्राथमिकतामा राखेर काम गरेका छौं । गाउँ टोलमा गएर पहिला कस्तो थियो र अहिले कस्तो भएको छ हेर्न सकिन्छ उहाँले भन्नू भयो । २०७२ को भुकम्पले शिक्षा,स्वास्थ्य लगायत धार्मिक र पुरातात्विक संरचनाहरुमा क्षति पु¥याएको थियो । हामी ती क्षतिग्रस्त संरचनाहरुको निर्माण गरेका छौँ । निर्वाचित भएर आइसकेपछि बिद्यालय भवनहरुको पुनः निर्माणमा प्राथमिकतामा राखेर काम गरेका छौं त्यही अनुरुप नयाँ भवन निर्माण भैसकेका छन् भने कति निर्माण हुँदै छन् । गाउँमा भएको विकास तथा परिवर्तन देखेर वैदेशिक रोजगार त्यागेर गाउँमै बाख्रा फर्म सञ्चालन गर्न थालेका छन् । अध्यक्ष कुँवरले वर्षाैंदेखि गाउँको विकास भएन भन्दै बसाई सर्ने सुरसारमा रहेको स्थानीय पनि अब गाउँमै बसेको बताउनु भयो ।

जिल्ला कमिटी सचिवालय सदस्य एवम् गाउँपालिका इन्चार्ज प्रेम लामाले कार्यक्रममा स्थानीय देखि लिएर केन्द्रिय स्तर सम्म भएको बिकास निर्माणको उदाहरण दिदै चेहेर पुल निर्माण कार्य, भुम्लुको भिमसेन मन्दिरको निर्माण कार्य सुरु, पक्की सडक, घर घरमा खानेपानी पुर्याउने काम केपि ओलि सरकारको पालामा भएको बताउनु भयो । उहाँले भुम्लुका जनतालाई पैसा र पाएपको कोएल बाढदैमा नेकपा एमाले भुम्लु गाउँकमिटी लाई केही फरक नपर्ने बताउनु भएको छ ।


कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादी लगायतको पार्टी परित्याग गरि ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी सम्पूर्ण लाई बास्केटले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा कलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो राजनीति घटना क्रम लाई व्यङ्ग्य गरेर हंसायका थिए । उनले प्रधानमन्त्री शेर बहादुर देउवा, एमालेका अध्यक्ष केपि ओलि , माओवादी अध्यक्ष प्रचण्ड, गोकुल बास्कोटाको क्यारिकेचर गरेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री रेशम लामा, बागमती प्रदेशका नेता एवम् सविधानसभा सभासद रामहरि सुविदे, जिल्ला कमिटी सचीव राजन भुर्तेल, जिल्ला कमिटी उप–सचीव राजन कुमार सापकोटा, जिल्ला कमिटी उप–सचिव रिता ढकाल, जिल्ला कमिटी सचिवालय सदस्य एवम् गाउँपालिका सह–इन्चार्ज नकुल पराजुली, जिल्ला कमिटी सचिवालय सदस्य राजेन्द्र केसी, जिल्ला कमिटी सदस्य टिकाराम लामा, जिल्ला कमिटी सदस्य कल्पना श्रेष्ठ, युवा संघ केन्द्रिय सदस्य रमेश लामा, युवा संघ काभ्रे जिल्ला इन्चार्ज एवम् जिल्ला कमिटी सचिवालय सदस्य चौरिदेउराली गाँउपालिका इन्चार्ज बिक्रम चौलागाईं, जिल्ला कमिटी सदस्य पुर्ण राज चौलागाईं, हेभी इकुमेन्ट संघ केन्द्रिय उपाध्यक्ष महेश कुँवर, भुम्लु गाउँकमिटीका पदाधिकारी, १० वटै वडा कमिटीका पदाधिकारीहरु, गाउँ टोल कमिटीका पदाधिकारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।


भुम्लु गाउँ कमिटीका अध्यक्ष कृष्ण मान लामाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै पाँच वटा गठबन्धन लाई नेकपा एमाले भुम्लुले धुलो चटाउने बताउनु भयो । भुम्लु गाउँकमिटीले स्थानीय चुनावमा एमाले लाई जिताउन घर घरमा गएर टोल कमिटी गठन गर्ने देखि लिएर टोल र गाउँ नै एमाले मय बनाएको बताउनु भएको छ । उक्त कार्यक्रमको संचालन अनिलकुमार बुढाथोकीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul