रोशी – रोशी गाउँ पालिकाको नागरिकको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक गाउँ पालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौड्यालयको अध्यक्षतामा सम्पन्न भएको छ ।
रोशी गाउँ पालिकाको नागरिकको साना देखिने तर प्रत्यक्ष स्थानिय सरकार संग सरोकार राख्ने विषयमा बैठकमा छलफल भएको थियो । कार्यक्रममा स्वच्छ पिउने पानी व्यवस्थाको लागी विद्यालय मुहान तथा बिद्यार्थी र सर्बसाधारणले दैनिक उपभोग गर्ने खानेपानीको स्वच्छता परिक्षण गर्ने बिषयमा छलफल भएको छ । विद्यालयमा वितरण गरिने स्यानेटरी प्याड डिस्पोजल ट्रयांक निमार्ण गर्ने । धार्मिक सामाजिक सास्कृतक महत्व रहेको घरेलु मदिरा व्यवस्थापन विषयमा उत्पादक, विक्रेता, र उपयोग कर्तालाई करको दायरामा ल्याउनु कानुनी विधि स्थानिय सरकार मार्फत निमार्ण गर्ने । जंगली जनावरबाट हुने बालि नालि क्षतिको विषयमा बालि विमा को लागी कृषक तथा स्थानिय सरकारको साझेदारीमा रोशी गाउपालिकामा कार्यान्वयन गर्ने साथै बर्तमान अभ्यासमा रहेको बादर तथा जंगली जनावर धपाउने बन्दुक सम्भव रहे सम्म बस्ति पहिचान गरेर वितरण कार्यलाई उच्च प्राथमिकतामा राख्ने । स्थानिय सरकारलाई चुस्तता गराउनको लागी सामाजिक परिक्षण सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनुवाई सहित लैंगिक समावेशी करण विषयक र भ्रष्टाचार नियन्त्रण विषयक रणनैतिक निति विषयमा ड्राफ माथि स्थानिय सरकार जनप्रतिनिधि सरोकारवाल सहित रहेर कार्यपालिकाबाट आगामी बैठकमा परामर्श सल्लाह सुझाव साथ पारित गर्ने विषयमा छलफल भएको समुदायिक सारथी जिल्ला संयोजक भेष राज दनुवारले बताए ।
कर्यक्रमको क्रममा समग्र रोशी गाउपालिकालाई बिकेन्द्रित शासन प्रणालि अन्र्तगतको गाउँ गाउँमा ंिसहदरवार अनुभुत गराउन सदैव रोशी गाउपालिका रहेको विषयमा र विषय बस्तुमा केन्द्रित रहेको जानकारी रोशी गाउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौडेलले बताईन् । रोशी गाउँ पालिका प्रशासन प्रमुख धनविर लामाले गाउँ पालिकाले बिभिन्न शाखाहरु मार्फत जनताको लागि धेरै कार्यहरु भईरहेको बताए । वडा नं..११ का वडा अध्यक्ष मिलन लामाले कार्य व्यस्तता र कामको चापमा अनुपस्थित रहनु हुने कार्यपालिका सदस्यहरुलाई समेत बैठकको साझा विषयमा जानकारी गराई तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
बैठक कार्यक्रम सामुदायिक सारथिका जिल्ला संयोजक भेषबहदुर दनुवार ले सहजि करण गर्नु भएको थियो भने रोशी गाउपालिकाको असल अभ्यासको नितिगत रुपमा कार्यान्वयन र राष्ट्रिय रुपमा सूचना संप्रेषण गर्नको लागी दायित्व नेपालको फेलोसिप रोजन तामाङले रोशी गाउँपालिका संगै हातेमालो गरि अगाडी बढि सम्बृद्ध रोशी निमार्ण गर्नको रोशी सरकारले गरिएका राम्रा कार्यहरुमा थप सहयोग पु¥याउनको लागि जोड् दिने बताए । तामाङले गाउँ पालिका भए पछि जन प्रतिनिधिहरु र रोशी सरकारले गरिएका राम्रा कामहरुमा सहजिकरण र थप अनुसन्धान गरेर सरकारलाई नितिगतरुपमा सहयोग गर्ने जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….