बनेपा – काभ्रे जिल्ला ट्राफिक प्रहरीले रातिको समयमा सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Anti drug kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त टोलीले अरनिको राजमार्ग र बि.पि. राजमार्गमा रातको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले १८ जना टिपर चालकहरुलाई Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।   

उक्त चेकजाँच बाट दुई जनालाई पोजेटिभ देखाएको र दुबै लाई कार्वाही गरिएको ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो । उहाँले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरी कार्यालय तथा मातहत पोष्टहरु मार्फत समेत लागु पदार्थ सेवन र मादक पदार्थ सेवन चेकिङलाई निरन्तरता दिईने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….