काभ्रेपलान्चोक – आजको बचत भोलिको उज्वल भविष्य भन्ने मुल नाराको साथ प्रभात बचत तथा ऋण सहकारी संस्थाले बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउको श्री सरस्वती माध्यमिक विद्यालयको विद्यार्थीहरु लाई तेक्वान्दो पोशाक वितरण गरेको छ । आज संस्थाका अध्यक्ष सागर नाथ कपालिले विद्यार्थी लाई तेक्वान्दो पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर नाथ कपालिले सरस्वती माध्यमिक विद्यालयमा प्रभात बचत खेलको माध्यम बाट जोडिएको बताउदै राजधानीबाट नजिक भएर पनि बिकासमा पछाडि परेको भुग्देउ ६ मा रहेका खेलाडीहरु लाई प्रोत्साहन स्वरुप पोशाक वितरण गरेको बताउनु भयो । कोभिडको कारणले खेलाडीहरु लाई समयमा नै पोशाक वितरण गर्न नसकेको बताउदै अब स्थानीय चुनाव पछि फेरि प्रभात बचतले सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले काभ्रेको धेरै विद्यालयमा प्रभात बचतले पारिवारिक आय स्तर कम भएको बिद्यार्थीहरु लाई स्टेसनरी, स्कुल ड्रेस, खेलकुदको सामाग्री सहयोग गर्दै आएको जानकारी दिनु भयो । सहकारी संस्था कमाउने थलो मात्रै नभएको उल्लेख गर्दै समाज परिवर्तनको एक स्वरुप रहेको बताउनु भयो ।
उता कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु तामाङले सहकारी नाफा कमाउनको लागि मात्रै संचालन नभएर गाउँ ठाउँ समाज परिवर्तनको आधार रहेको बताउनु भयो उहाँले प्रभात बचतले गरेको यो कार्यक्रमले धेरै खेलाडी र खेल प्रेमीहरु लाई उत्साहित बनाउन धेरै मद्दत पुग्ने जानकारी दिनु भयो । सम्पुर्ण खेलाडीहरु लाई एउटा उदेश्य लिएर राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने सकोस् भन्ने शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन सिह लामाले खेलाडीहरु लाई सहकारीले जुन पोशाक वितरण गर्यो यसमा विद्यालय व्यवस्थापन परिवारको तर्फबाट धन्यवाद दिदै विधि र अनुशासनको पालन गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा भुग्देउ ६ का बिद्यार्थी खेलाडीले नाम राख्ने गरि खेल्न आग्रह गर्नु भएको थियो । जेहेन्दार र अनुशासित खेलाडी लाई विद्यालयले पनि सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले प्रभात बचत तथा ऋण सहकारी संस्थाले अझै समाज परिवर्तनमा उल्लेखनीय भुमिका खेल्दै ती जेहेन्दार र पछाडि परेको क्षेत्रका विद्यार्थी भाइ बहिनीहरु लाई सहयोग गर्दै समाजमा उदाहरणीय भुमिका खेलोस भन्ने शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय प्रअ बिष्णु बहादुर थापा, राष्ट्रिय तेक्वान्दो संघका प्रशिक्षक फिरोज शाक्य, सुमन चौ प्रधान, बलराम मानन्धर, भरत दाहाल, प्रदिप प्रधान, राजु मानन्धर , गणेश भुजेल लगायत स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन प्रशिक्षक बाबुराम ढुङंगेलले गर्नु भएको थियो ।