काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर ६ नं. वडा कमिटीको वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर ६ नं. वडा कमिटीका अध्यक्ष कृष्णमणि कुइकेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहालले कार्यक्रममा बोल्दै केहि व्यक्ति पार्टी बाट छुट्टेर जादैमा र अर्को पार्टी गठन गर्दैमा निराश हुन नपर्ने हावाहुरी चल्नासाथ विचलित हुन नपर्ने र नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान गरेका थिए । एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई प्रमुख अतिथिले अपिल गरेका थिए । 

कार्यक्रमको विशेष अतिथि नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्न कुश रंजितकारले समाजको मुहार फर्नका लागि युवाहरु एक भएर लाग्नुपर्ने बताउनु भयो । युवा देशको कर्णधार भएकाले विकास निर्माणमा युवा सहभागिता हुन जरुरी रहेको बताउनु भयो । उहाँले युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजानेमा आफूले पनि सहयोग गर्ने बताउनु भयो । 

उता कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला अध्यक्ष सागर रायमाझीले युवाहरु लाई एक जुट भएर चुनाव केन्द्रित परिचालन हुन निर्देशन दिनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उम्मेदवारहरु लाई जिताउनको लागी युवा संघ नेपालले जस्तो सुकै चुनौती बेहोर्न तयार रहेको बताउनु भयो । उहाँले युवा संघ तपाईंहरुको हरेक अप्ठ्यारो अवस्थामा आइपुग्ने र युवा संघ नेपाल काभ्रेले सकेको सहयोग गर्ने बताउनु भयो । 

अखिल नेपाल महिला संघ, काभ्रे जिल्ला अध्यक्ष बिमला सापकोटाले कार्यक्रम बोल्दै गृहेणी महिला लाई उद्योगी बनाउन नेकपा एमालेको सरकार चाहिने बताउनु भएको छ । उहाँले अबको स्थानीय चुनावमा नेकपा एमालेले जिते विकासले धेरै फडको मार्ने बताउनु भएको हो । 

नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य राम प्रसाद तिमल्सिना, पार्टी जिल्ला परिषद सदस्य प्रेमनाथ कोइराला, जिल्ला सदस्य भैरव केसी, नेकपा एमाले बनेपा नगर वडा नं. ६ वडा कमिटी अध्यक्ष राजेन्द्र थापा, राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला सदस्य रमेश बुढाथोकी, अनिल केसी, नगर सचिवालय सदस्य सुदन केसी, वडा इन्चार्ज तथा नगर सदस्य नारायणी शर्मा, राष्ट्रिय युवा संघ नेपाल बनेपा ६ को संयोजक बलराम सिमाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….