काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको छ । महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत आज बुधबार वृक्षारोपण गरिएको हो ।

श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको थियो भने आज कल्की जातको बिरुवा वृक्षारोपण गरी श्रम अभियानलाई निरन्तरता दिएको छ ।

श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज र राजनीतिक दल लगायतको प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार महिनाको एकदिन सार्वजनिक श्रम अभियान आज भुम्लु गाउँपालिकाको घट्टेखोलादेखि सल्लेसम्मको कालोपत्रे सडकको दायाँबायाँ वृक्षारोपण अभियान सुरु गरेको बताउनुभयो । अध्यक्ष भुजेलका अनुसार श्रम अभियान अन्तर्गत आगामी दिनहरुमा पनि पालिकाभित्र रहेको पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने बताउनुभयो ।

अभियानमा उपस्थित भएकाहरुले पालिकाले यो शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिन बताए । गाउँपालिकाले महिनाको एकदिन बिदाको दिन पारेर श्रम अभियान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….