दुई बालक बेपत्ता भएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष डिएम थोकर घट्नास्थलमा पुगेका थिए । प्रहरी चौकी पचुवारघाटका प्रहरी सहित पुगेका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले घट्ना प्रति दुःख व्यक्त गरेका थिए । बेपत्ता बालकको परिवारसँग समेत भेट गरेका उनीहरुले खोजीकार्यमा गम्भिरताका साथ लाग्ने बचन समेत दिएका थिए ।
बेपत्ता बालकको खोजीकार्यको लागि अध्यक्ष लामाले इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर हरि बस्नेतको टोलीलाई समेत परिचालन गरेको छ । जनपद प्रहरीको टोली र स्थानीयबासीको खोजीकार्यको लागि परिचालन गरिएता पनि बेपत्ता बालकहरु फेला पार्न सकेको छैन । फेला पार्न नसकेपछि विहिबार सशस्त्र प्रहरी बललाई समेत परिचालन गरेर खोजीकार्य जारी राख्ने अध्यक्ष लामाले जानकारी दिए ।

‘अत्यन्तै दुःखदपूर्ण घट्ना घटेको छ । तेमालबासीलाई स्तब्ध बनाएको छ यो घट्नाले ।’ उनले भने, ‘थाहा पाउनसाथ प्रहरी र स्थानीय बासीलाइृ परिचालन गरेर खोजीकार्य तीब्र बनाएको छु । अब भोली सशस्त्र प्रहरी बललाई समेत परिचालन गर्ने गरि मेरो कुरा भइसकेको छ ।’

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले जिम्मेवारी पूर्वक खोजीकार्यको लागि विभिन्न प्रकारको पहल गरेको प्रति स्थानीय खुशी भएका छ्न ।

बुधबार सुनकोशीमा पौडी खेल्नेक्रममा तेमाल गाउँपालिका वडा नं. २ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ का समिर माझी र सोहि स्थान बसोबास गर्ने कुल बहादुर माझीका छोरा वर्ष ८ का कान्छो माझी बेपत्ता भएका थिए ।